बुधबार, भाद्र २५,२०८२ 10:18:58
  • बुधबार, भाद्र २५,२०८२ 10:18:58
Global IME Bank Limited

तारागाँउ रिजेन्सी होटल्सद्वारा साधारण सभा आह्वान, बुक क्लोज मिति पनि तय

Hyundai Nepal
तारागाँउ रिजेन्सी होटल्सद्वारा साधारण सभा आह्वान, बुक क्लोज मिति पनि तय

काठमाण्डौ । तारागाँउ रिजेन्सी होटल्स लिमिटेडले आफ्नो २८ औं वार्षिक साधारण सभा आगामी पुस २४ गते आयोजना गर्ने भएको छ । मंसिर १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।  

उक्त सभा काठमाण्डौको भद्रकालीमा रहेको नेपाल आर्मी अफिसर्स क्लबमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ । सभामा गत आवका लागि प्रस्तावित ११ प्रतिशत नगद लाभांश(कर बाहेक) को प्रस्ताव पारित गरिनेछ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै, सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८०/८१ सम्मको वासलात र सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका संलग्न अनुसूचि उपर छलफल गरी पारित गर्ने र आव २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

सभामा सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने एकजना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित हुनेछ ।  

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस ७ गतेदेखि १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुन पाउनेछन् ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.