काठमाण्डौ । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले पाँचौ वार्षिक साधारण सभा डाकेको छ । पुस ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी पुस ३० गते तनहुँमा रहेको बन्दीपुर परियोजना प्राङ्गणमा बिहान १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
सभामा अध्यक्षद्वारा प्रस्तुत गरिने गत आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाव नगद प्रवाह विवरण र सोसँग सम्बन्धीत अनुसूचिहरु लगायतका वित्तीय विवरणहरु पारित गरिनुका साथै चालु आव २०८२/८३ को लेखा परीक्षणका लागि लेखा परीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
यस्तै सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने र सञ्चालक समितिको निर्णयहरु अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

