काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। माघ १७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले संस्थाको २५ औँ वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आगामी फागुन ११ गते शुक्रबारका दिन नक्साल काठमाण्डौमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा आव २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ।
सभामा लेखापरीक्षकको प्रतिवेदन सहित २०८० असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै चालु आव २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ।
यस्तै सभामा सञ्चालक समितिका सदस्यहरुको नियुक्त तथा मनोनयन अनुमोदन गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि संस्थाले आगामी माघ २९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                