निर्धन उत्थान लघुवित्तको मुनाफा ६७.७५% ले घट्यो, इपीएस जम्मा ७.५४ रुपैयाँ
काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म १५ करोड ५० लाख रुपैयाँ नाफा कमाएको छ । संस्थाले कमाएको यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ६७.७५ प्रतिशत कम हो । गत आवको सोही अवधिसम्म संस्थाले ४८ करोड ६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

