सोमबार, असार २,२०८२ 11:26:36
  • सोमबार, असार २,२०८२ 11:26:36
Global IME Bank Limited

निर्धन उत्थान लघुवित्तको नाफामा १७९% को बढोत्तरी, खराब कर्जा अनुपात भने १०.६०% पुग्यो

Hyundai Nepal
निर्धन उत्थान लघुवित्तको नाफामा १७९% को बढोत्तरी, खराब कर्जा अनुपात भने १०.६०% पुग्यो
Nabil Bank Limited

काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो वित्तीय अवस्थामा सुधार गरेको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्म अधिकांश सूचकमा राम्रो प्रगति गरेको छ ।  

संस्थाले गत आवको चौथो त्रैमाससम्म ५० करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १७९.९९ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोही अवधिसम्म संस्थाले १६ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको थियो ।  

यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी भने ७.८१ प्रतिशतले घटेको छ । चौथो त्रैमाससम्म संस्थाले १ अर्ब ८० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । संस्थाको कुल सञ्चालन आम्दानी २ अर्ब २३ करोड र सञ्चालन मुनाफा ७१ करोड ७८ लाख रुपैयाँ रहेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै संस्थाको वितरणयोग्य मुनाफा ३ करोड ७५ लाख रुपैयाँ रहेको छ । चुक्तापूँजी २ अर्ब ६१ करोड रुपैयाँ रहेको संस्थाको रिटेन्ड अर्निङ १४ करोड ८९ लाख रुपैयाँ रहेको छ । संस्थाको रिजर्भ २ अर्ब ४२ करोड रुपैयाँ रहेको छ ।  

यो अवधिसम्ममा २० अर्ब १८ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको संस्थाले २३ अर्ब ९३ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।  

संस्थाको खराब कर्जा अनुपात बढेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म ९.८७ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर १०.६० प्रतिशत पुगेको छ । संस्थाले इम्पेयरमेन्ट चार्जका लागि ४३ करोड ६ लाख रुपैयाँ छुट्टाएको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)मा उल्लेख्य वृद्धि भएको छ । ईपीएस ६.५१ रुपैयाँबाट बढेर १९.३९ रुपैयाँ पुगेको छ ।  

यस्तै संस्थाको प्रतिसेयर नेटवर्थ १९८.६१ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ९० रुपैयाँ, मूल्य आम्दानी अनुपात ३६.७२ गुणा र तरलता अनुपात १४.१५ प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.