काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा जर्नादन देव पन्त नियुक्त भएका छन् । असोज २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पन्तलाई सञ्चालक समितिको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई असोज २१ गतेदेखि नै लागू हुनेगरी अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो ।
यसका साथै बैठकले यसअघिका अध्यक्ष हरि कृष्ण पन्तको राजीनामा समेत स्वीकृत गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।