काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा जर्नादन देव पन्त नियुक्त भएका छन् । भदौ १ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा पन्तलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
उनी संस्थापक सेयरधनीका तर्फबाट सञ्चालक नियुक्त भएका हुन् । उनले सञ्चालक समितिका अध्यक्षसमक्ष पद तथा गोपनियताको सपथ समेत लिएका छन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।