सोमबार, श्रावण १८,२०८३ 03:18:36
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:18:36
Bizshala
Global IME Bank Limited

निर्धन उत्थान लघुवित्तको लाभांश क्षमता २९.४७% पुग्यो, इम्पेयरमेन्ट चार्ज घट्दा १२.६१ करोड नाफा आर्जन

निर्धन उत्थान लघुवित्तको लाभांश क्षमता २९.४७% पुग्यो, इम्पेयरमेन्ट चार्ज घट्दा १२.६१ करोड नाफा आर्जन
New Office

काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश क्षमता २९.४७ प्रतिशत पुगेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म ५.९८ प्रतिशतले ऋणात्मक रहेको संस्थाको लाभांश क्षमता धनात्मक बनेको हो ।  

चालु आवको पहिलो त्रैमासमा संस्थाको वितरणयोग्य मुनाफा ७६ करोड ९६ लाख रुपैयाँ रहेको छ । यो रकम अघिल्लो आवको सोही अवधिमा भने १५ करोड ६१ लाख रुपैयाँले ऋणात्मक थियो । संस्थाले समीक्षा अवधिमा १२ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने संस्था १ करोड ९५ लाख रुपैयाँ घाटामा थियो ।  

यद्यपी संस्थाको खुद ब्याज आम्दानी भने घटेको छ । अघिल्लो आवमा ५६ करोड २२ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी घटेर ४३ करोड ३९ लाख रुपैयाँमा सीमित बनेको छ । खुद शुल्क तथा कमिशन आम्दानी भने ७ करोड ६८ लाखबाट बढेर ८ करोड १९ लाख पुगेको छ ।  

संस्थाले इम्पेयरमेन्ट चार्जका लागि ६ करोड ४७ लाख छुट्टाएको छ । अघिल्लो आवमा भने संस्थाले इम्पेयरमेन्ट चार्जका लागि ४० करोड ७४ लाख छुट्टाएको थियो ।  

पहिलो त्रैमाससम्म संस्थाको रिटेन्ड अर्निङमा ७६ करोड ९६ लाख र रिजर्भमा २ अर्ब ४० करोड सञ्चित रहेको छ ।  यो अवधिमा संस्थाको खराब कर्जा अनुपात १०.४६ प्रतिशत रहेको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) १९.३२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २२१.५२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १०७९.७९ रुपैयाँ र तरलता अनुपात ७.९० प्रतिशत कायम भएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.