सोमबार, असार २,२०८२ 02:39:48
  • सोमबार, असार २,२०८२ 02:39:48
Global IME Bank Limited

निर्धन उत्थान लघुवित्तको नाफामा २९९% को उछाल, इपीएसमा पनि उल्लेख्य वृद्धि

Hyundai Nepal
निर्धन उत्थान लघुवित्तको नाफामा २९९% को उछाल, इपीएसमा पनि उल्लेख्य वृद्धि
Nabil Bank Limited

काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म १७ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २९९.४६ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोही अवधिसम्म संस्थाले ४ करोड ४० लाख रुपैयाँ नाफा कमाएको थियो ।  

यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी भने ३.२६ प्रतिशतले घटेको छ । तेस्रो त्रैमाससम्म संस्थाले १ अर्ब ३६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । संस्थाको कुल सञ्चालन आम्दानी १ अर्ब २१ करोड र सञ्चालन मुनाफा ४३ करोड २० लाख रुपैयाँ रहेको छ ।  

यस्तै संस्थाको वितरणयोग्य मुनाफा ८ करोड २६ लाख रुपैयाँ रहेको छ । चुक्तापूँजी २ अर्ब ६१ करोड रुपैयाँ रहेको संस्थाको रिटेन्ड अर्निङ १८ करोड १६ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । संस्थाको रिजर्भ २ अर्ब ४३ करोड १ लाख रुपैयाँ रहेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

तेस्रो त्रैमाससम्ममा १९ अर्ब ७७ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको संस्थाले २४ अर्ब ३५ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।  

संस्थाको खराब कर्जा अनुपातमा कमी आएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म १२.०९ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर १०.७७ प्रतिशतमा झरेको छ । संस्थाले इम्पेयरमेन्ट चार्जका लागि ५० करोड ८२ लाख रुपैयाँ छुट्टाएको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)मा उल्लेख्य वृद्धि भएको छ । ईपीएस २.२५ रुपैयाँबाट बढेर ८.९८ रुपैयाँ पुगेको छ ।  

यस्तै संस्थाको प्रतिसेयर नेटवर्थ १८६ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार १०० रुपैयाँ, मूल्य आम्दानी अनुपात ७२.९७ गुणा र तरलता अनुपात १२.५५ प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.