सोमबार, श्रावण १८,२०८३ 03:16:18
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:16:18
Bizshala
Global IME Bank Limited

निर्धन उत्थान लघुवित्तको नाफामा २९९% को उछाल, इपीएसमा पनि उल्लेख्य वृद्धि

निर्धन उत्थान लघुवित्तको नाफामा २९९% को उछाल, इपीएसमा पनि उल्लेख्य वृद्धि
New Office

काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म १७ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २९९.४६ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोही अवधिसम्म संस्थाले ४ करोड ४० लाख रुपैयाँ नाफा कमाएको थियो ।  

यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी भने ३.२६ प्रतिशतले घटेको छ । तेस्रो त्रैमाससम्म संस्थाले १ अर्ब ३६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । संस्थाको कुल सञ्चालन आम्दानी १ अर्ब २१ करोड र सञ्चालन मुनाफा ४३ करोड २० लाख रुपैयाँ रहेको छ ।  

यस्तै संस्थाको वितरणयोग्य मुनाफा ८ करोड २६ लाख रुपैयाँ रहेको छ । चुक्तापूँजी २ अर्ब ६१ करोड रुपैयाँ रहेको संस्थाको रिटेन्ड अर्निङ १८ करोड १६ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । संस्थाको रिजर्भ २ अर्ब ४३ करोड १ लाख रुपैयाँ रहेको छ ।  

तेस्रो त्रैमाससम्ममा १९ अर्ब ७७ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको संस्थाले २४ अर्ब ३५ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।  

संस्थाको खराब कर्जा अनुपातमा कमी आएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म १२.०९ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर १०.७७ प्रतिशतमा झरेको छ । संस्थाले इम्पेयरमेन्ट चार्जका लागि ५० करोड ८२ लाख रुपैयाँ छुट्टाएको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)मा उल्लेख्य वृद्धि भएको छ । ईपीएस २.२५ रुपैयाँबाट बढेर ८.९८ रुपैयाँ पुगेको छ ।  

यस्तै संस्थाको प्रतिसेयर नेटवर्थ १८६ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार १०० रुपैयाँ, मूल्य आम्दानी अनुपात ७२.९७ गुणा र तरलता अनुपात १२.५५ प्रतिशत कायम भएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.