बुधबार, फाल्गुन ६,२०८२ 11:52:53
Bizshala
  • बुधबार, फाल्गुन ६,२०८२ 11:52:53
Bizshala
Global IME Bank Limited

रुरु जलविद्युत परियोजनाद्वारा लाभांश घोषणा, साधारण सभा समेत आह्वान

रुरु जलविद्युत परियोजनाद्वारा लाभांश घोषणा, साधारण सभा समेत आह्वान
Shivam Cement

काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।

बैठकले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस सेयर र ५.७८९ प्रतिशत नगद लाभांश(कर समेत) गरी कुल १५.७८९ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।

यस्तै उक्त बैठकले आगामी पुस २५ गते काठमाण्डौको चावहिलमा रहेको स्मार्ट प्यालेस एण्ड इभेन्ट्समा बिहान ११ बजेदेखि कम्पनीको २० औं वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय समेत गरेको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

सभामा कम्पनीको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता वृद्धि गरी कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र नियमनकारी निकायहरुको निर्देशनमा प्रबन्धपत्र, नियमावलि लगायतका प्रस्तावित अन्य संशोधनहरुका सम्बन्धमा कुनै फेरबदल, सुझाव वा निर्देशन भएमा सोही अनुसार गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने गत आवको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८१/८२ को वित्तिय विवरणमाथि छलफल गरी पारित गर्ने र लेखापरीक्षण समितिको सिफारिस अनुसार आव २०८२/८३ को लागी लेखापरीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गर्ने र कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना महिलासहित ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको सभामा सहभागी हुन तथा लाभांश पाउन योग्य हुनेछन् । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.