मंगलवार, कार्तिक ३,२०८३ 01:27:51
  • मंगलवार, कार्तिक ३,२०८३ 01:27:51
Global IME Bank Limited

मन्दाकिनी हाइड्रोपावरको ११ औं साधारण सभा मंसिरमा , के–के छन् मुख्य अजेण्डा ?

Bizshala
मन्दाकिनी हाइड्रोपावरको ११ औं साधारण सभा मंसिरमा , के–के छन् मुख्य अजेण्डा ?
New Office

काठमाण्डौ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले ११ औं वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । कात्तिक ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी मंसिर ७ गते नेपाली चुलो लाजिम्पाटमा बिहान ८ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

सभामा चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ । यस्तै माथिल्लो सार्दी खोला जलविद्युत आयोजना २.९ मेवा पारियोजना निर्माण गर्ने, डल्फिन पावर प्रालिमा लगानी गर्ने तथा बैंक ऋण भुक्तानी गर्ने लगायतका कार्य गर्न बोनश सेयर वितरण पश्चात् कायम चुक्तापूँजीको १ः१.२५ अर्थात् (एक कित्ता बराबर १.२५ कित्ता) हकप्रद सेयर जारी गर्ने र कम्पनीको पूँजी वृद्धि गर्ने, प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्ने, अन्य कम्पनीहरुमा गरिएको लगानीलगायत विविध विषयमा नियामक निकायहरुबाट कुनै पनि किसिमको संशोधन, फेरबदल एवं थपघट लगायतका निर्देशनहरु प्राप्त भएमा सोही बमोजिम संशोधन, फेरबदल एवं थपघट गर्न सञ्चालक समितिलाई आवश्यक सम्पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०८०/८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तको वासलात, तथा आव २०८०/८१ को नाफा–नोक्सान हिसाब, सेयर पूँजीमा भएको परिवर्तन, नगद प्रवाह विवरण लगायत सो सँग सम्बन्धित अन्य अनुसूचिहरु उपर छलफल गरि पारित गर्ने र आव २०८१/८२ को लेखापरिक्षण गर्नको लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले कात्तिक २८ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । यसर्थ कात्तिक २७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् । 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.