काठमाण्डौ । नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितिको ११३ औं बैठकले को निर्णयानुसार यस कम्पनीको पन्ध्रौं वार्षिक साधारण सभा डाकेको हो ।
उक्त सभा आगामी असोज २३ गते काठमाण्डौको नक्सालमा रहेको सेन्ट्रल प्लाजामा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आव २०८०/८१ को लागि कर सहित ५ करोड ११ लाख ५७ हजार ८०० रुपैयाँबराबरको नगद लाभांश पारित गर्ने प्रस्ताव पारित गरिनेछ ।
यस्तै आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असार प्रतिवेदनमाथि छलफल गरी वासलात, आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान विवरण, अन्य विस्तृत आय विवरण, नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु उपर छलफल गरी पारित गरिनेछ ।