नबिल ब्यालेन्स्ड फन्ड–२ र ३ को प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाण्डौ । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालनमा रहेका दुई योजनाको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । नबिल बैंक लिमिटेड कोष प्रवर्द्धक तथा नबिल इन्भेस्टमेन्ट बैंकिङ योजना व्यवस्थापक रहेको नबिल ब्यालेन्स्ड फन्ड–२ र नबिल ब्यालेन्स्ड फन्ड–३ का इकाइधनीलाई घोषणा गरिएको नगद प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।

