काठमाण्डौ । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने दोस्रो खुलामुखी योजना ‘एनआई ३१ ’ को इकाई बिक्री यही साउन ३० गतेदेखि हुने भएको छ । नबिल बैंक कोष प्रवद्धक र नबिल इन्भेष्टमेन्ट बैंकिङ योजना व्यवस्थापक रहेको यो योजना’को २ करोड ५० लाख इकाइको बिक्री आवेदन खुला गर्न लागिएको हो ।
जसमध्ये १५ प्रतिशत अर्थात ३७ लाख ५० हजार इकाई बीज योजना व्यवस्थापकलाई सुरक्षित राखि बाँकी रहने १ करोड ५० लाख इकाईमध्ये पहिलो चरणमा सर्वसाधारणहरुमा १ करोड १२ लाख ५० हजार इकाई निष्कासन गर्न लागिएको हो ।
यसपश्चात योजना व्यवस्थापकले तोकेको वितरकमार्फत निरन्तर खरिदबिक्रीको लागि खुला गरिनेछ । यो योजना खुलामुखी योजना भएकाले निरन्तर चलिरहनेछ ।
लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा २५ लाख इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु (आस्वा सदस्य) का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।
यो योजनाको इकाई बिक्री बन्द छिटोमा भदौ ३ गते र ढिलोमा भदौ १३ गते बैंकिङ समयपछि हुनेछ । योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्ेभष्मेन्ट बैंकिङ रहेको छ।
नेपाल धितोपत्र बोर्डले यो योजनाको निष्कासनका लागि गत साउन ८ गते अनुमति दिएको थियो ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                