‘एनएमबि हाईब्रिड फण्ड एल–२ ’को सार्वजनिक निष्कासन माघ २४ गतेदेखि
काठमाण्डौ । एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘एनएमबि हाईब्रिड फण्ड एल–२’ को सार्वजनिक निष्कासन आगामी माघ २४ गतेदेखि हुने भएको छ ।एनएमबि बैंक कोष प्रवद्धक र एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको यो योजना’को १२ करोड इकाइको बिक्री आवेदन खुला गर्न लागिएको हो ।