काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले एकैपटक तीनवटा म्युचुअल फण्डलाई निष्कासनको अनुमति दिएको छ । बोर्डले साउन १२ गते सिटिजन्स सदाबहार योजना, एनएमबी सरल बचत फण्ड–ई र नबिल फ्लेक्सि क्याप फण्डलाई अतिरिक्त ईकाई निष्कासनको अनुमति दिएको हो ।
जसअन्तर्गत एनएमबी क्यापिटल कोष प्रवद्र्धक रहेको एनएमबी सरल बचत फण्ड–ईलाई रु.१० रुपैयाँ अंकित दरका २० करोड इकाई, सिटिजन्स क्यापिटल लिमिटेड कोष प्रवद्र्धक रहेको सिटिजन्स सहाबहार योजनालाई रु.१० अंकित दरका १२ करोड ५० लाख युनिट र नबिल इनभेष्टमेन्ट बैंकिङ कोष प्रवद्र्धक रहेको नबिल फ्लेक्सी फण्डलाई रु.१० अंकित दरका ५ करोड इकाई निष्कासन गर्न अनुमति दिइएको छ ।
एनएमबी सरल बचत फण्ड–ईको ३६ करोड इकाई, सिटिजन्स सदाबहार योजनाको ६ करोड २५ लाख र नबिल फ्लेक्सि फण्डको १७ करोड ५० लाख इकाई सूचीकृत छ ।
यी सबै खुलामुखी योजना हुन् ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                