आईतवार, मंसिर १३,२०८३ 09:49:07
  • आईतवार, मंसिर १३,२०८३ 09:49:07
Global IME Bank Limited

‘एनआई ३१’ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

Bizshala
‘एनआई ३१’ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन
New Office

काठमाण्डौ । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने दोस्रो खुलामुखी योजना  ‘एनआई ३१ ’ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । नबिल बैंक कोष प्रवद्धक र नबिल इन्भेष्टमेन्ट बैंकिङ योजना व्यवस्थापक रहेको यो योजना’को २ करोड ५० लाख  इकाइको बिक्री आवेदन गत साउन ३० गतेदेखि खुला गरिएको थियो ।  

जसमध्ये १५ प्रतिशत अर्थात ३७ लाख ५० हजार इकाई बीज योजना व्यवस्थापकलाई सुरक्षित राखि बाँकी रहने १ करोड ५० लाख इकाईमध्ये पहिलो चरणमा सर्वसाधारणहरुमा १ करोड १२ लाख ५० हजार  इकाई निष्कासन गरिएको छ ।  

CG Motors
Garima Development Bank
Muktinath Bikas Bank Limited

यसपश्चात योजना व्यवस्थापकले तोकेको वितरकमार्फत निरन्तर खरिदबिक्रीको लागि खुला गरिनेछ । यो योजना खुलामुखी योजना भएकाले निरन्तर चलिरहनेछ ।  

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा २५ लाख इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु ९आस्वा सदस्य० का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।  

योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ। नेपाल धितोपत्र बोर्डले यो योजनाको निष्कासनका लागि गत साउन ८ गते अनुमति दिएको थियो ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.