काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड, कोष प्रबद्र्धक तथा रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको ‘रिलायबल सामूहिक लगानी कोष’अन्तर्गत सञ्चालन हुने पहिलो बन्दमुखी योजना ‘रिलायबल समृद्धि योजना’ बैशाख३ गते बाट बिक्रि खुल्ला हुने भएको छ ।
जसको आकार रु. १ अर्ब रहेको छ । जस मध्ये ८ करोड ५० लाख इकाई अथवा रु ८५ करोड रुपैयाँबराबरको सार्वजनिक निष्काशनमार्फत बिक्रि खुल्ला गरिनेछ ।
यो योजना बन्दमुखी प्रकृतिको योजना भएकोले यसका इकाईहरु धितोपत्र बजारमा सूचिकरण भई सार्वजनिक निष्काशनपश्चात सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम धितोपत्र बजारमा खरिद बिक्रि गर्न सकिनेछ । यो योजना नेपालमा बीमा क्षेत्रबाट कोष प्रबद्र्धन गरिएको पहिलो सामूहिक लगानी कोष हो । यस योजनाको वार्षिक औषत प्रतिफल १७.७३ प्रतिशत प्रक्षेपण गरिएको छ ।
यो योजनाको सार्वजनिक निष्काशन बन्द छिटोमा वैशाख ७ गते र ढिलोमा वैशाख १७ गतेसम्म खुल्ला हुँदैछ र इच्छुक लगानीकर्ताहरुले (व्यक्ति तथा संस्था) यस योजनामा न्यूनतम रु १ हजारदेखि अधिकतम रु १० करोड सम्म लगानीका लागि सी–आश्वा खाता रहेको बैंक वा मेरो सेयरमा लगईन गरी अनलाईन आवेदन गर्न सक्नेछ । कम्पनीले सेयरधनीहरुलाई उत्कृष्ट प्रतिफलदिने प्रतिवद्धता गरेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                