काठमाण्डौ । मुक्तिनाथ म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘मुक्तिनाथ म्युचुअल फण्ड १’ मा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । मुक्तिनाथ विकास बैंक कोष प्रवद्धक र मुक्तिनाथ क्यापिटल योजना व्यवस्थापक रहेको यो योजनाको १० करोड इकाइ गत मंसिर २० गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो ।
प्रति इकाइ मुल्य रु.१० दरको १० करोड इकाइमध्ये बीज पूँजीवापत २ प्रतिशत अर्थात २० लाख इकाई योजना व्यवस्थापक मुक्तिनाथ क्यापिल,१३ प्रतिशत अर्थात १ करोड ३० लाख इकाइ कोष प्रवद्धक मुक्तिनाथ बैंकका लागि गरी कुल निष्कासन गरिने इकाइको जम्मा १५ प्रतिशत सुरक्षित राखि बाँकी न्यूनतम ८ करोड ५० लाख इकाइ सर्वासाधारणका लागि बिक्री खुला गरिएको हो।
लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा १ करोड इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु(आस्वा सदस्य) का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।