काठमाण्डौ । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सिटिजन्स बैंक ईन्टरनेसनल लिमिटेड कोष प्रवद्र्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको ‘सिटिजन्स सदाबहार योजनामा असार २७ गतेसम्म आवेदन दिन सकिने भएको छ ।
रु. पचास करोडको एसआईपी समेत गर्न सकिने प्रथम खुलामुखी योजना ‘सिटिजन्स सदाबहार योजना’सञ्चालन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट सञ्चालन अनुमति प्राप्त भई मिति २०८२ असार १३ गते देखि मिति २०८२ असार २७ गते बैंकिङ समय सम्म इकाई बिक्रिका लागि खुला रहेको छ ।
योजनाको इकाई खरिद गर्नका लागि आफ्नो मेरो सेयर खातामार्फत वासि–आश्वा सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका तोकिएको शाखा कार्यालयहरुबाट समेत आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ । यस योजनामा सहभागी हुनका लागि न्यूनतम १०० र अधिकतम ५ लाख इकाई (अर्थात प्रति इकाई रु. १० को दरले न्यूनतम रकम रु. एक हजार र अधिकतम रकम रु. पाँच करोड सम्म) खरिद आवेदन दिन सकिने प्रावधान रहेको छ ।
यस योजनाको वित्तीय प्रक्षेपण अनसुार औषत वार्षिक प्रतिफल १५.१० प्रतिशत हुने अनुमान गरिएको छ ।
सिटिजन्स क्यापिटल लिमिटेडले वित्तीय परामर्श, लगानी व्यवस्थापन र म्युचुअल फण्डमा निरन्तर नयाँ आयामहरु थप्दै ग्राहकहरुलाई पुर्ण वित्तीय सेवा प्रदान गर्दै अगाडि बढेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                