सिटिजन्स क्यापिटलले डाक्यो साधारण सभा, १६% लाभांश पारित गर्ने विशेष प्रस्ताव
काठमाण्डौ । सिटिजन्स क्यापिटल लिमिटेडले आगामी असोज २ गते वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीको भदौ ११ गते बसेको सञ्चालक समितिको बैठकले १९ औं वार्षिक साधारण सभा डाकेको हो । उक्त सभा ललितपुरको झम्सिखेलमा रहेको द लअनमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्तापूँजीको १६ प्रतिशत नगद लाभांश(करसहित) प्रदान गर्ने प्रस्ताव पारित...