सिटिजन्स सुपर ३० म्युचुअल फन्डको बुक क्लोज मिति तय
काठमाण्डौ। सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित सिटिजन्स सुपर ३० म्युचुअल फन्डका इकाइधीनहरुका लागि लाभांश वितरण गर्ने प्रयोजनका लागि बुक क्लोज मिति तय गरिएको छ । योजना व्यवस्थापक तथा डिपोजीटरी सिटिजन्स क्यापिटलले आर्थिक वर्ष २०८२/८३ को योजनाअन्तर्गत करसहित ५.२५ प्रतिशत नगद प्रतिफल वितरण गर्ने प्रयोजनका लागि असोज ८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो ।

