Bizshala
  • बुधबार, भाद्र २४,२०८३ 11:43:17
Bizshala
Global IME Bank Limited

नबिल इन्भेष्टमेन्ट बैंकिङको १७औँ वार्षिक साधारण सभा असोजमा

नबिल इन्भेष्टमेन्ट बैंकिङको १७औँ वार्षिक साधारण सभा असोजमा
New Office

काठमाण्डौ । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले १७औँ वार्षिक साधारण सभा आगामी असोज २० गते गर्ने भएको छ। कम्पनीको भदौ १८ गते बसेको सञ्चालक समितिको १३३औँ बैठकले साधारण सभा बोलाउने निर्णय गरेको हो।

कम्पनीले जारी गरेको सूचनाअनुसार साधारण सभा असोज २० गते मंगलबारका दिन बिहान ११ बजे काठमाण्डौको नारायणचौर, नक्सालस्थित सेन्ट्रल प्लाजा, तेस्रो तल्लामा बस्नेछ।

सभामा आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण, वार्षिक प्रतिवेदन तथा लाभांश वितरणलगायत विभिन्न प्रस्तावमाथि छलफल गरी निर्णय गरिनेछ।

साधारण सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आर्थिक वर्ष २०८२/८३ का लागि ९ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेस गरिनेछ। बोनस सेयर वितरणपछि कम्पनीको जारी तथा चुक्तापूँजी सोहीअनुसार वृद्धि गर्ने तथा प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्तावसमेत सभामा राखिएको छ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

यस्तै कम्पनीले आर्थिक वर्ष २०८२/८३ का लागि करसहित ११.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावली संशोधनमा कुनै थपघट वा संशोधन गर्न निर्देशन आएमा सोहीबमोजिम आवश्यक कार्य गर्न वा गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि विशेष प्रस्तावअन्तर्गत रहेको छ।

सभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत वित्तीय विवरण स्वीकृत गर्ने प्रस्ताव पनि पेस हुनेछ।

त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०८३/८४ को लेखापरीक्षणका लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत सभामा छलफल गरिनेछ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.