काठमाण्डौ । कृषि विकास बैंकको आर्थिक वर्ष २०८०/८१ को १८ औं वार्षिक साधरण सभा सम्पन्न भएको छ । उक्त सभा बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा सोमबार सम्पन्न भएको हो ।
उक्त सभा सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीको अध्यक्षतामा सम्पन्न भएको थियो । साधरण सभामा बक्ताको रुपमा भाग लिएका सेयरधनीहरुले उठाएका जिज्ञासाका सम्बन्धमा सञ्चालक समिति अध्यक्ष रामशरण पुडासैनीले स्पष्ट पार्नुका साथै सेयरधनीहरुबाट प्राप्त सुझावहरुलाई नियमानुसार कार्यन्वयन गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गरे ।
सेयरधनीहरुको वाक्लो उपस्थिती रहेको उक्त साधारण सभामा विभिन्न निकाय/संघ÷संस्थाका प्रतिनिधि, बैंकमा कार्यरत उच्च व्यवस्थापक, कर्मचारीहरु र बैंक सञ्चालक समितिका सदस्यहरु क्रमश दीर्घराज मैनाली, डा.हरी बहादुर के.सी., गोविन्द प्रसाद भट्टराई,संजिव पौडेल, विनोद कुमार गुरागाँई , रीता सुवेदी र प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको उपस्थिती रहेको थियो भने साधरणसभाको सञ्चालन बैंकका कम्पनी सचिव हिमलाल पौडेलले गरेका थिए ।