आईतवार, माघ २०,२०८१ 11:05:59
IME remit
  • आईतवार, माघ २०,२०८१ 11:05:59
IME remit
Global IME Bank Limited

११ बीमा कम्पनीले अझै टुङ्गो लगाउन सकेनन् एजीएमको मिति, सजग गराउने तयारीमा प्राधिकरण

Hyundai Nepal
११ बीमा कम्पनीले अझै टुङ्गो लगाउन सकेनन् एजीएमको मिति, सजग गराउने तयारीमा प्राधिकरण
Nabil Bank Limited

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले समयमै लेखापरीक्षण नगराउने र समयमै साधारण सभा गर्न नसक्ने कम्पनीलाई सजग गराउने भएको छ ।  

प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले समयमै लेखापरीक्षण नगराउने र साधारण सभा गर्न नसक्ने कम्पनीलाई कानूनमा भएको व्यवस्था बमोजिम सजग गराउने बताएका छन् ।  

प्राधिकरणका अनुसार एक दर्जन कम्पनीले समयमै लेखापरीक्षण गराएका छैनन् । लेखापरीक्षणको कार्य ढिला सकाई समयमै वित्तीय विवरण पेश गर्न नसक्दा नेपाल पुनर्बीमा कम्पनीसहित करिब एक दर्जन कम्पनीको आव २०७९/८० को साधारण सभा गर्ने समय निश्चित हुन सकेको छैन् ।  

प्राधिकरणका अनुसार सरकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनी, राष्ट्रिय बीमा कम्पनी, नेपाल पुनर्बीमा कम्पनी, आइएमई लाइफ, सन नेपाल लाइफ, नेपाल लाइफ, नेशनल लाइफ, एलआईसी नेपाल र प्रभु महालक्ष्मी लाइफ, हिमालयन लाइफ र सानिमा रिलायन्स लाइफले आव २०७९/८० को समयमै लेखापरीक्षणको कार्य सम्पन्न गर्न सकेका छैनन् ।  

जीवन बीमा कम्पनीहरुको एक्चुरी भ्यालुएसन गर्ने कार्य ढिला हुनाले प्राधिकरणमा स्वीकृतिका लागि वित्तीय विवरण ढिला पेश हुने प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेलले बताए ।  

‘नेपालमा एक्चुरी नभएकाले जीवन बीमा कम्पनीहरुको वित्तीय विवरण पनि प्राधिकरणमा ढिला पेश हुने गरेको छ’ पौडेलले भने, ‘तर केही जीवन बीमा कम्पनीहरुले समयमै लेखापरीक्षणको कार्य सकाएर समयमै साधारण सभा पनि गरेका छन्, अन्य कम्पनीले पनि यस्तो कार्य अब चाँडै सकाउनतर्फ लाग्नुपर्छ ।’

एक्चुरी भ्यालुएसनको कार्य ढिला सकेपनि उक्त कम्पनीहरुले स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा वित्तीय विवरण भने पेश गरिसकेको प्राधिकरणका अध्यक्ष सिलवालले बताए ।  

‘एक्चुरी भ्यालुएसनको काम ढिला सकेपनि सो कम्पनीहरुले हालसम्म वित्तीय विवरण पेश गरिसकेका छन्, बीमा ऐनबमोजिम बीमकहरुले समयमै वित्तीय विवरण पेश गर्न नसक्दा साधारण सभा समेत समयमै हुन सकेको छैन, जसकारण जीवन बीमकहरुको संस्थागत सुशासन कायम हुन सकेको छैन’ सिलवालले भने, ‘बीमा कम्पनीहरुले अब कानूनमा भएको व्यवस्था बमोजिम लेखापरीक्षण गराउने, वित्तीय विवरण पेश गर्ने र साधारण सभा गर्ने जस्ता कुराहरुमा ध्यान दिनु आवश्यक छ, यसको लागि प्राधिकरणले बीमकहरुलाई सजग गराउनेछ ।’

समयमै लेखापरीक्षण नगराउने कम्पनीहरुलाई यसपटक सजग गराउने सिलवालले बताए । ‘सरकारी कम्पनीसँगै जुन–जुन कम्पनीले समयमा लेखापरीक्षण गराउन सकेका छैनन र वित्तीय विवरण समयमै पेश गर्न सकेका छैनन सो कम्पनीहरुलाई कानूनी व्यवस्था बमोजिम यसपटक सजग गराउनेछौं’ सिलवालले भने, ‘सोही कार्य अर्को वर्ष पनि दोहोरिएको खण्डमा बीमा ऐनमा भएको व्यवस्थाबमोजिम बीमकहरुलाई अवश्य कारबाही हुनेछ ।’

Bizshala
CG Motors
Sagarmatha Cement

कानूनी व्यवस्थाअनुसार बीमा ऐन २०७९ को दफा ८७ मा बीमा कम्पनीले आव समाप्त भएको ३ महिनाभित्र लेखापरीक्षणको कार्य सक्नुपर्ने उल्लेख छ । सो समयभित्र लेखापरीक्षण गर्न नसकेमा कारण खुलाई कम्पनीले माग गरेमा प्राधिकरणले २ महिनाको समय थप गर्न सक्ने व्यवस्था छ ।  

साथै लेखापरीक्षण सकिएको ३० दिनभित्र स्वीकृतिको लागि प्राधिकरणमा पेश गर्नुपर्ने व्यवस्था छ । त्यसपछि बीमकहरुले साधारण सभा आह्वान गर्न सक्नेछ ।

बीमा ऐन, २०७९ बमोजिम बीमा कम्पनीले दफा ८७ बमोजिम लेखापरीक्षण गराउनुपर्ने म्यादभित्र लेखापरीक्षण नगराएमा प्राधिकरणले त्यस्तो बीमा कम्पनीलाई ५० हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था उल्लेख  ।  

नेपालमा हाल ३६ वटा बीमा कम्पनी सञ्चालनमा छन् । जसमा १४ वटा जीवन बीमा कम्पनी, १४ निर्जीवन बीमा कम्पनी, दुई पुनर्बीमा कम्पनी र ६ वटा लघुबीमा कम्पनी रहेका छन् ।  

जीवन बीमातर्फ मेट लाइफ र निर्जीवन बीमातर्फ ओरियण्टल इन्स्योरेन्स र नेशनल इन्स्योरेन्स गरी ३ वटा विदेशी कम्पनीका रुपमा रहेका छन् ।  

यी कम्पनीहरुमा सबै लगानी विदेशी कम्पनीकै रहेको हुनाले सम्पूर्ण दायित्व समेत सम्बन्धित देशको कम्पनीले नै ब्यहोर्र्दै आइरहेको छ । सो कम्पनीहरुले नेपालमा शाखा कार्यालयमार्फत सेवा दिदैं आइरहेका हुनाले साधारण सभा समेत नेपालमा गर्नु नपर्ने व्यवस्था छ ।  

बाँकी ३३ वटा बीमा कम्पनीमा भने नेपाली नागरिक तथा कम्पनीको लगानी रहेको छ । यसकारण उक्त कम्पनीहरुले नियामक निकायको अधिनमा रही समयमा नै नेपालभित्रै वार्षिक साधारण सभा गर्नुपर्ने हुन्छ ।  

हालसम्म ३३ मध्ये २० वटा बीमा कम्पनीले मात्रै गत आवको वार्षिक प्रतिवेदन छलफल गरी साधारण सभामार्फत पारित गरिसकेको छ ।  

आव २०७९/८० को वार्षिक साधारण सभा गर्न बाँकी रहेका १३ वटा कम्पनीमध्ये सुर्यज्योति लाइफ र प्रभु इन्स्योरेन्सले भने यहि वैशाखमै साधारण सभा आह्वान गरिसकेका छन् ।

हालसम्म पनि आव २०७९/८० को वार्षिक साधारण सभा आह्वान नगर्ने कम्पनीमा निर्जीवन तर्फ राष्ट्रिय बीमा कम्पनी, पुनर्बीमातर्फ नेपाल रि इन्स्योरेन्स र जीवन बीमातर्फ नेपाल लाइफ, नेशनल लाइफ, एलआइसी नेपाल, हिमालयन लाइफ, प्रभु महालक्ष्मी लाइफ, राष्ट्रिय जीवन बीमा कम्पनी, सन नेपाल लाइफ, आइएमई लाइफ, सानिमा रिलायन्स लाइफ रहेका छन् ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X