शुक्रबार, मंसिर ५,२०८२ 07:03:47
IME remit
  • शुक्रबार, मंसिर ५,२०८२ 07:03:47
IME remit
Global IME Bank Limited

आयभन्दा २१५ करोड बढी खर्चः युनाइटेड अजोडको वित्तीय स्वास्थ्य ‘अतिसंवेदनशील’

'Gen-z आन्दोलन’लाई दोष दिएर व्यवस्थापनको उम्किने प्रयास, अरबौंको दाबी र घाटाले संकटमा फस्यो कम्पनी

Hyundai Nepal
आयभन्दा २१५ करोड बढी खर्चः युनाइटेड अजोडको वित्तीय स्वास्थ्य ‘अतिसंवेदनशील’
Shivam Cement

काठमाण्डौ । आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको अवस्था निकै नै संकटग्रस्त देखिएको छ।  

कम्पनीले एकै त्रैमासमै रु. १५१ करोड १९ लाखको भारी नेट घाटा व्यहोरेको छ, जुन गत वर्षको सोही अवधिको घाटाभन्दा करिब ८ गुणा बढी हो।

वित्तीय विवरणले कम्पनीको दयनीय स्थितिलाई छताछुल्ल पारिदिएको छ । आय वृद्धिदेखि लगानी आम्दानी, दावी व्यवस्थापनदेखि संचालन खर्चसम्म सबै क्षेत्रमा अत्यासलाग्दो गिरावट देखिएको छ।

New Office
Garima Development Bank
Laxmi Sunrise Bank Limited

आयभन्दा बढी खर्च, कति दिन टिक्ला ?

-कम्पनीको कुल आय रु. ३६३ करोडमा सीमित हुँदा कुल खर्च रु. ५७९ करोड नाघेको छ।

अर्थात् कम्पनीले कमाएकोभन्दा २१५ करोड बढी खर्च गरेको छ।

-लगानी आम्दानी अघिल्लो वर्षको रु. ७६ करोडबाट झरेर यस वर्ष रु. ४३ करोडमा खुम्चिएको छ।

-पुनर्बीमा व्यवस्था कमजोर बन्दै गएको देखिन्छ-Reinsurance Asset वर्षको सुरुवातमा रु. १०.१६ अर्बजति रहेकैमा पहिलो त्रैमासमै ४ अर्बभन्दा बढी घटेर ६.५८ अर्बमा झरेको छ।

-Insurance Payable रु. ६८ करोडबाट झरेर १८ करोडमा सीमित हुनु कम्पनीले दाबी भुक्तानीमा समेत चुनौती भोगिरहेको संकेत हो।

दाबी दाबी दाबी-नेट क्लेम्स नै ४ अर्ब नाघ्यो

सबैभन्दा डरलाग्दो पक्ष भनेको नेट क्लेम Incurred को संख्या हो-

-पहिलो त्रैमासमै कम्पनीले ४ अर्ब ७ करोड ३९ लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गर्नुपरेको छ।

-गत वर्षको सोही अवधिमा यो रकम १.९५ अर्ब मात्रै थियो।

-अर्थात् दाबी भार दोब्बरभन्दा धेरै बढेको छ।

यसले कम्पनीको जोखिम व्यवस्थापन, पुनर्बीमा संरचना र अण्डरराइटिङ नीति नै कमजोर भएको स्पष्ट देखाउँछ।

जेनजी आन्दोलनबाट भएको क्षतिको दाबी आउँदा यसमा केही प्रभाव देखिए पनि कमजोर व्यवस्थापनका कारण यो कम्पनी त्यसअघिदेखि नै लगातार खस्किरहेको थियो । 

Shivam Cement
CG Motors
Muktinath Bikas Bank Limited

शेयरधनीको सम्पत्ति: नेटवर्थ घट्यो, EPS ‘ध्वस्त’

-EPS (प्रतिशेयर आम्दानी) – रु. (–२६.१८)

-(यो बीमा उद्योगकै सबैभन्दा कमजोर स्थितिमा वर्गीकृत हुनसक्छ)

-नेटवर्थ प्रति शेयर ( रु. १६९.४९)

(गत वर्षको तुलनामा तीव्र गिरावट)

-शेयरधनीले लगानी गरेको १० रुपैयाँले अहिले १७ रुपैयाँभन्दा कम नेटवर्थ मात्र देखाइरहेको छ।

शेयर बजारमा कम्पनीको ब्यावहारिक अवस्था कस्तो छ?

-अधिकतम मूल्य: रु. ६२५

-न्यूनतम मूल्य: रु. ४२२.१

-क्लोजिङ मूल्य: रु. ४३८.५

कम्पनीको EPS भारी ऋणात्मक हुँदा हालको मूल्यलाई आधार मान्दा P/E Ratio –१६.७५ पुगेको छ, जुन बजारमा अत्यन्त जोखिमपूर्ण संकेत मानिन्छ।

त्रैमासिक अवधिमा कम्पनीको Cash & Cash Equivalent:

-गत वर्ष: रु. ३२५.८७ करोड

-अहिले: रु. २००.१४ करोड

-एकै त्रैमासमा रु. १२५ करोडभन्दा बढी क्यास पग्लिएको देखिन्छ।

यो बीमा कम्पनीको दाबी भुक्तानी र सञ्चालनका लागि अत्यन्तै संवेदनशील अवस्था हो।

रिटेन्ड अर्निङ्समा ठूलो गिरावट—१० करोड नाफाबाट ५० करोड घाटामा

गत वर्ष: Retained Earnings: +रु. १० करोड ६४ लाख

यो वर्ष: Retained Earnings: –रु. ५० करोड ५५ लाख

यो कम्पनीले अघिल्लो वर्षहरूमा कुम्लिएको फाइदा समेत खाँदै गएको प्रमाण हो।

Outstanding Claim मा ‘सुनामी’ - २३ अर्ब बढी दाबी थन्किएको

कम्पनीमा दाबी दर्ता संख्या १०,७१४ पुगेको छ।

कुल Outstanding Claims (IBNR/IBNER सहित):

-गत वर्ष: रु. १५.४९ अर्ब

-यस वर्ष: रु. २३.०३ अर्ब

अर्थात् ७.५ अर्ब बढी दाबी थन्किएको छ।

यो बीमा उद्योगमा अत्यन्तै जोखिमपूर्ण स्थिति मानिन्छ।

Gen Z को आन्दोलनको बहाना - व्यवस्थापनको कमजोरी लुकाउन खोजेको आरोप

व्यवस्थापनको विश्लेषणमा कम्पनीले नाफा घट्नुका कारण "Gen Z को भदौ-८२ को विरोध प्रदर्शन" लाई उल्लेख गरेको छ।

तर, बीमा बजार विश्लेषकहरू भन्छन्- “दाबी व्यवस्थापन, पुनर्बीमा संरचना र गलत अण्डरराइटिङ नीति नै प्रमुख समस्या हो। आन्दोलनलाई दोष दिनु जिम्मेवारीबाट पन्छिनु मात्रै हो।”

‘धमाधम पोलिसी बेचियो तर नाफा उल्टै भूमिमा’

कम्पनीले पहिलो त्रैमासमा:

-१,०२,४९४ नयाँ पोलिसी जारी

-१३,१९७ पोलिसी नवीकरण

तर, पोलिसी बढेसँगै जोखिम व्यवस्थापन झन् बिग्रिएको देखिन्छ।

अर्थात् कमिसन कमाउन पोलिसी बेचियो तर दाबी उठ्नेबित्तिकै कम्पनी धरासायी।

युनाइटेड अजोड ‘High Alert’ मा-सबै जोखिममा

पहिलो त्रैमासमै यस्तो अवस्था देखिएकोमा बीमा क्षेत्रका विज्ञहरू अत्यन्तै चिन्तित छन्।

यदि दोस्रो त्रैमासमा पनि यस्तै अवस्था रह्यो भने-

-कम्पनीको नेटवर्थ थप घट्ने,

-दाबी भुक्तानीमा समस्या आउने,

-तथा बीमाधारकको सुरक्षामा प्रश्न उठ्ने सम्भावना अत्यन्तै उच्च मानिन्छ।

विज्ञहरुले चेतावनी दिंदै भनेका छन्: “यो रिपोर्टले युनाइटेड अजोड इन्स्योरेन्सलाई तत्काल व्यवस्थापकीय सुधार, पुनर्बीमा पुनर्संरचना र जोखिम नीतिमा व्यापक परिवर्तन आवश्यक रहेको प्रष्ट देखाउँछ। अन्यथा कम्पनी ‘High Risk Zone’ मा फस्न सक्छ।”

Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.