काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय र्संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा चैत ३० गते आयोजना हुने भएको छ । संस्थाको चैत ७ बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको हो ।
सभामा भविष्यमा कुनै लघुवित्त वित्तीय संस्थासँग एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति÷समाहित गर्ने÷हुने प्रयोजनका लागि आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित हुनेछ ।
यस्तै गत आव २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै २०८० असार मसान्तसम्मको नगद प्रवाह विवरण,वासलात लगायतका सम्पूर्ण वित्तीय विवरणहरु पारित गरिनेछ । सभामा चालु आवका लागि लेखापरीक्षककको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।
साधारण सभा प्रयोजनका लागि संस्थाले आगामी चैत २१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।