आरम्भ चौतारी लघुवित्तको नाफा ६.८० लाखबाट ९.४४ करोड पुग्यो, कस्तो छ समग्र वित्तीय अवस्था ?
काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद ब्याज आम्दानीसँगै नाफा बढेको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्म ९ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको त्ुलनामा १३,७६५.२९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म संस्थाले ६ लाख ८० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस्तै संस्थाले यो अवधिसम्म ३७ करोड २ लाख रुपैयाँ खुद...