सोमबार, असार २,२०८२ 02:34:33
  • सोमबार, असार २,२०८२ 02:34:33
Global IME Bank Limited

आरम्भ चौतारी लघुवित्त १.७७ करोड नाफामा, कस्तो छ अन्य सूचकको अवस्था ?

Hyundai Nepal
आरम्भ चौतारी लघुवित्त १.७७ करोड नाफामा, कस्तो छ अन्य सूचकको अवस्था ?
Nabil Bank Limited

काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म १ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्था ५६ लाख ९१ हजार रुपैयाँ घाटामा थियो ।  

यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी भने १.६९ प्रतिशतले घटेको छ । संस्थाले १९ करोड ४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । संस्थाको कुल सञ्चालन आम्दानी २४ करोड १८ लाख र सञ्चालन मुनाफा २ करोड ५३ लाख रुपैयाँ रहेको छ ।  

यस्तै संस्थाको वितरणयोग्य मुनाफा १ करोड ९९ लाख रुपैयाँ रहेको छ । चुक्तापूँजी ३६ करोड ७१ लाख रुपैयाँ रहेको संस्थाको रिटेन्ड अर्निङ ऋणत्मक र रिजर्भ भने बढेको छ । संस्थाको रिजर्भ १७ करोड ३८ लाखबाट बढेर १७ करोड ७३ लाख रुपैयाँ पुगेको छ । संस्थाको रिटेन्ड अर्निङको आकार भने ७ करोड २१ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

तेस्रो त्रैमाससम्ममा १ अर्ब ४७ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको संस्थाले ४ अर्ब ४२ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।  

संस्थाको खराब कर्जा अनुपातमा उल्लेख्य कमी आएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म १०.५८ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ४.४४ प्रतिशतमा झरेको छ । संस्थाको इम्पेयरमेन्ट चार्ज ९५ लाख रुपैयाँले ऋणात्मक छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) ६.४४ रुपैयाँ प्रतिसेयर नेटवर्थ १३५.०२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ३४५.८० रुपैयाँ, मूल्य आम्दानी अनुपात ११८.४७ गुणा र तरलता अनुपात ३.१३ प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.