काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवका लागि लाभांश प्रदान नगर्ने भएको छ । संस्थाको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रदान नगर्ने निर्णय गरेको हो ।
उक्त बैठकले २०८१ असार मसान्तको वासलात, आव २०८०/८१ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी स्वीकृत गरेकोले सो को अन्तिम स्विकृतीका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको संस्थाले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।