काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमीटेडले आर्थिक वर्ष २०७९-८० को नाफाबाट लाभांश नदिने भएको छ ।
फागुन ८ गते बेलुका ५ बजे बसेको सो लघुवित्तको सञ्चालक समितिको १४३ औं बैठकले यस्तो निर्णय गरेको हो ।
सो बैठकले २०८० असार मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०७९-८० को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी स्वीकृत समेत गरेको छ ।
बैठकले अन्तिम स्वीकृतिका लागि सबै वित्तीय प्रतिवेदनहरु राष्ट्रबैंकमा पेश गर्ने निर्णय गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।