सोमबार, असार २,२०८२ 09:29:25
  • सोमबार, असार २,२०८२ 09:29:25
Global IME Bank Limited

घाटामा रहेको आरम्भ चौतारीको नाफा ४.३५ करोड, खराब कर्जा अनुपात ७०.९८% ले घटाउन सफल

Hyundai Nepal
घाटामा रहेको आरम्भ चौतारीको नाफा ४.३५ करोड, खराब कर्जा अनुपात ७०.९८% ले घटाउन सफल
Nabil Bank Limited

काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको चौथो त्रैमाससम्म ४ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्था ६ करोड ५ लाख रुपैयाँ घाटामा थियो ।  

यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी भने १.९९ प्रतिशतले घटेको छ । संस्थाले २७ करोड ६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी ३ करोड ७९ लाख रुपैयाँबाट बढेर ६ करोड ३० लाख रुपैयाँ पुगेको छ । संस्थाको खुद सञ्चालन आम्दानी ३५ करोड ९५ लाख र सञ्चालन मुनाफा ६ करोड २१ लाख रुपैयाँ रहेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै संस्थाको वितरणयोग्य मुनाफा ८ करोड २३ लाख रुपैयाँ रहेको छ । चुक्तापूँजी ३६ करोड ७१ लाख रुपैयाँ रहेको संस्थाको रिटेन्ड अर्निङ ऋणत्मक र रिजर्भ भने घटेको छ । संस्थाको रिजर्भ १९ करोड ८६ लाखबाट घटेर १६ करोड ७० लाख रुपैयाँ पुगेको छ । संस्थाको रिटेन्ड अर्निङको आकार भने ३ करोड ६४ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।  

चौथो त्रैमाससम्ममा १ अर्ब ५८ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको संस्थाले ४ अर्ब २५ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।  

संस्थाको खराब कर्जा अनुपातमा ७०.९८ प्रतिशतको कमी आएको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म १०.५८ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ३.०७ प्रतिशतमा झरेको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) ११.८५ रुपैयाँ प्रतिसेयर नेटवर्थ १४१.९३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ४०५.२३ रुपैयाँ, मूल्य आम्दानी अनुपात १०३.७६ गुणा र तरलता अनुपात ३.०८ प्रतिशत कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.