काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय स्थानान्तरण भएको छ । संस्थाको काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा न १० पुलवजारमा रहेको केन्द्रीय कार्यालय ७०० मिटर पश्चिम बनेपा नगरपालिका वडा न १० स्थित अरनिको राजमार्गदेखि २०० मिटर उत्तरतर्फ स्थानान्तरण भएको हो ।
संस्थाले फागुन ८ गतेदेखि उक्त कार्यालयबाट सेवा प्रदान गर्न सुरु गरेको जनाएको छ ।
नेपाल राष्ट्र बैंकले संस्थाको केन्द्रीय कार्यालय स्थानान्तरणका लागि गत फागुन २ गते अन्तिम स्विकृती दिएको थियो ।