काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद ब्याज आम्दानीसँगै नाफा बढेको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्म १० करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १५.८६ प्रतिशतले बढी हो ।
अघिल्लो आवको सोही अवधिसम्म संस्थाले ८ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस्तै संस्थाले यो अवधिसम्म ४७ करोड ४५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २७.३४ प्रतिशतले बढी हो ।
संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी ५ करोड ८० लाख रुपैयाँबाट बढेर ६ करोड ४० लाख रुपैयाँ पुगेको छ । संस्थाको खुद सञ्चालन आम्दानी ५१ करोड ११ लाख र सञ्चालन मुनाफा १४ करोड ६९ लाख रुपैयाँ रहेको छ ।
यस्तै संस्थाको वितरणयोग्य मुनाफा ८ करोड ९२ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवससम्म ३६ लाख ५७ हजार रहेको संस्थाको रिटेन्ड अर्निङ ८ करोड ९२ लाख रुपैयाँ पुगेको छ । संस्थाको रिजर्भ १९ करोड ६५ लाखबाट बढेर २० करोड ७७ लाख रुपैयाँ पुगेको छ ।
चौथो त्रैमाससम्ममा २ अर्ब २६ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको संस्थाले ५ अर्ब ५० करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।
संस्थाको खराब कर्जा अनुपात बढेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म ५.५८ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ६.०१ प्रतिशत पुगेको छ ।
समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) २७.७९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८०.९ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ६२०.८३ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३३.३४ गुणा र तरलता अनुपात २.५४ प्रतिशत कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।