काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा कपिल खनाल नियुक्त भएका छन् । संस्थाको भदौ ४ गते बसेको सञ्चालक समितिको १५२ औं बैठकले खनाललाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
खनाल संस्थापक समूहबाट सञ्चालकमा नियुक्त भएका हुन् ।