बिहीबार, बैशाख ३१,२०८३ 05:36:09
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 05:36:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आरम्भ चौतारी लघुवित्तको नाफा ६.८० लाखबाट ९.४४ करोड पुग्यो, कस्तो छ समग्र वित्तीय अवस्था ?

Laxmi Sunrise Bank Limited
आरम्भ चौतारी लघुवित्तको नाफा ६.८० लाखबाट ९.४४ करोड पुग्यो, कस्तो छ समग्र वित्तीय अवस्था ?
Shivam Cement

काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद ब्याज आम्दानीसँगै नाफा बढेको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्म ९ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको त्ुलनामा १३,७६५.२९ प्रतिशतले बढी हो ।  

अघिल्लो आवको सोही अवधिसम्म संस्थाले ६ लाख ८० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस्तै संस्थाले यो अवधिसम्म ३७ करोड २ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ३१.८९ प्रतिशतले बढी हो ।    

संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी ४ करोड ५१ लाख रुपैयाँबाट बढेर ५ करोड ७२ लाख रुपैयाँ पुगेको छ । संस्थाको खुद सञ्चालन आम्दानी ४५ करोड ३८ लाख र सञ्चालन मुनाफा १३ करोड ४८ लाख रुपैयाँ रहेको छ ।  

Bizshala
New Office
CG Motors

यस्तै संस्थाको वितरणयोग्य मुनाफा ५ करोड २१ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवससम्म ४ करोड ९१ लाख रुपैयाँले ऋणात्मक रहेको संस्थाको रिटेन्ड अर्निङ ५ करोड २१ लाख रुपैयाँले धनात्मक बनेको छ । संस्थाको रिजर्भ १६ करोड ७४ लाखबाट घटेर १५ करोड ४१ लाख रुपैयाँ पुगेको छ ।  

चौथो त्रैमाससम्ममा १ अर्ब ८९ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको संस्थाले ५ अर्ब ३१ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।  

संस्थाको खराब कर्जा अनुपातमा घटेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म ४.२१ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर २.१३ प्रतिशतमा झरेको छ । यस्तै संस्थाको इम्पेयरमेन्ट चार्ज २ करोड ३८ लाख रुपैयाँले रिभर्सल भएको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) २५.७२ रुपैयाँ प्रतिसेयर नेटवर्थ १५६.१८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ६७३.८० रुपैयाँ, मूल्य आम्दानी अनुपात ४२.२८ गुणा र तरलता अनुपात ३.०७ प्रतिशत कायम भएको छ । 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.