काठमाण्डौ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड(सलिको)को वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको २७ औं साधारण सभा आज काडमाण्डौ डिल्लीबजारमा रहेको अमृतभोग क्याटिरिङमा बिहान १० बजेदेखि आयोजना सुरु भएको थियो । उक्त सभाबाट गत आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित भएको छ।
सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षणको प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित भएको छ ।
यस्तै सभामा चालु आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ र स्वतन्त्र सञ्चालकमा निर्मलादेवी मानन्धरलाई गरिएको नियुक्ती अनुमोदन गरिएको छ ।