काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीेको साधारण सभा आज वैशाख २१ गते विराटनगरस्थित होटल हैरिसन प्यालेसमा सम्पन्न भएको हो ।
साधारण सभाको अध्यक्षता कम्पनीका सञ्चालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईले गरेका थिए । उक्त सभामा कम्पनीका सञ्चालकहरु, सेयरधनीहरु, प्रमुख कार्यकारी अधिकृत, व्यस्थापनका पदाधिकारी लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
साधारण सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन,साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको लेखा परीक्षकको प्रतिवेदनसहितको २०७९ साल पौष ६ गतेको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७९/०८० को २०७९ पुस ६ गतेको नाफा/नोक्सान हिसाव, नगद प्रवाह विवरण पारित गर्नुका साथै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको लेखा परीक्षकको प्रतिवेदनसहितको २०८० साल आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७९/०८० को नाफा/नोक्सान हिसाव, नगद प्रवाह विवरण एवं तत्सम्बन्धी अनुसूचीहरु माथि छलफल गरी पारित गरेको छ ।
सभाले आर्थिक बर्ष २०८०/०८१ को लागि सुजन काफ्ले एण्ड एसोसियट्स चार्टर्ड एकाउण्टेण्ट्सलाई लेखा परिक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ ।
सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम बिद्यमान चुक्तापूँजी रु. ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार १०० को १०.२६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नुका साथै बोनस सेयर वितरण पश्चात् हुने सेयर संरचनाबमोजिम जारी पूँजी तथा चुक्तापूँजी वृद्धि गरी रु.५ अर्ब १ करोड १९ लाख ४७ हजार ७९७.४६ पुर्याउने प्रस्ताव पारित गर्नुका साथै हाल कायम चुक्तापूँजी रु.४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार १०० को २४.७४ प्रतिशतका दरले हुने रकम रु.१ अर्ब १२ करोड ४५ लाख ७४ हजार ५३७.५४ नगद लाभांश (प्रस्तावित बोनस सेयरको कर प्रयोजन समेतको लागि) वितरण गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                