सूर्यज्योति लाइफको २०% नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा
काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश वितरण गरेको छ। कम्पनीले गत पुस ६ गते सम्पन्न १७ औं वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०८०/८१ का लागि पारित २० प्रतिशत नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो।