काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९÷८० का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ । कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति वर्ष प्रति हजारमा न्युनतम २० रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म बोनस दर प्रदान गर्ने निर्णय गरेको छ।
कम्पनीले सावधिक जीवन बीमा योजना(सूर्यज्योति सुरक्षित बचत ,सुनौलो भविक्ष्य बाल जीवन,एकल तथा सीमित अवधि भुक्तानी(विकल्प १) र एकल तथा सीमित अवधि भुक्तानी(विकल्प २)अन्तर्गत ९ वर्षे अवधिका लागि ४३ रुपैयाँ,१० देखि १४ वर्षका लागि ४५ रुपैयाँ,१५ देखि १९ वर्षका लागि ५० रुपैयाँ,२० देखि २४ वर्षका लागि ५५ रुपैयाँ, २५ देखि २९ वर्षका लागि ७५ रुपैयाँ र ३० वा सोभन्दा माथिका लागि ७५ रुपैयाँ बोनस दर निर्धारण गरेको छ ।
यस्तै सावधिक जीवन बीमा योजना(सूर्यज्योति सुरक्षित सावधिक जीवन बीमा,सीमित अवधि भुक्तानी,सुरक्षित बाल जीवन,सामूहिक सावधिक जीवन बीम,सावधिक जीवन बीमा र सावधिक लघु् जीवन बीमा) अन्तर्गत ९ वर्ष अवधिका लागि ४० रुपैयाँ,१० देखि १४ वर्षका लागि ४१ रुपैयाँ,१५ देखि १९ वर्षका लागि ४५ रुपैयाँ,२० देखि २४ वर्षका लागि ५४ रुपैयाँ, २५ देखि २९ वर्षका लागि ६० रुपैयाँ र ३० वा सोभन्दा माथिका लागि ७० रुपैयाा बोनस प्रदान गरिने कम्पनीले जनाएको छ ।
यसैगरी सावधिक तथा आजीवन बीमालेख(सूर्यज्योति सुदर्शन सावधिक तथा आजीवन बीमा)अन्तर्गत ९ वर्ष अवधिका लागि ४० रुपैयाँ,१० देखि १४ वर्षका लागि ४२ रुपैयाँ,१५ देखि १९ वर्षका लागि ४६ रुपैयाँ,२० देखि २४ वर्षका लागि ५६ रुपैयाँ, २५ देखि २९ वर्षका लागि ६० रुपैयाँ र ३० वा सोभन्दा माथिका लागि ७० रुपैयाँ बोनसदर तोकिएको छ ।
अग्रिम भुक्तानी सावधिक(आसाधन अग्रिम भुक्तानी जीसवन बीमा,धनवृद्धि जीवन बीमा योजना,सजिलो वार्षिक भुक्तानी र अग्रिम भुक्तानी बाल जीवन बीम योजना)१० देखि १४ वर्षका लागि ४२ रुपैयाँ,१५ देखि १९ वर्षका लागि ४२ रुपैयाँ,२० देखि २४ वर्षका लागि ५२ रुपैयाँ, २५ देखि २९ वर्षका लागि ६० रुपैयाँ बोनस प्रदान गरिने कम्पनीले जनाएको छ ।
चौरासी पूजा अग्रिम भुक्तानी नियमित अन्तर्गत १० देखि १४ वर्षका लागि ४५ रुपैयाँ,१५ देखि १९ वर्षका लागि ५० रुपैयाँ,२० देखि २४ वर्षका लागि ५५ रुपैयाँ, २५ देखि २९ वर्षका लागि ६५ रुपैयाँ र ३० वा सोभन्दा माथिका लागि ७० रुपैयाँ बोनसको व्यवस्था गरिएको छ ।
यस्तै चौरासी पूजा अग्रिम भुक्तानी (एकल)अन्तर्गत १० देखि १४ वर्षका लागि ७५ रुपैयाँ,१५ देखि १९ वर्षका लागि ८० रुपैयाँ,२० देखि २४ वर्षका लागि ८५ रुपैयाँ, २५ देखि २९ वर्षका लागि ९० रुपैयाँ र ३० वा सोभन्दा माथिका लागि ९० रुपैयाँ बोनस निर्धारण गरिएको छ ।
कम्पनीले इजी पे अग्रिम भुक्तानी जीवन बीमा योजना अन्तर्गत १० देखि १४ वर्ष अवधिका लागि २० रुपैयाँ,१५ देखि १९ वर्षका लागि २५ रुपैयाँ र २० देखि २४ वर्षका लागि ३० रुपैयाँ बोनसको व्यवस्था गरेको छ ।
उल्लेखित बोनसदर मृत्यु दाबी, समर्पण दाबी, पूर्ण वा आंशिक,चुक्ता मूल्य दाबी, अवधि भुक्तानी दाबी र चालू बीमालेखहरुमा लागु हुने कम्पनीले जनाएको छ । साथै अर्को बीमाङ्कीय मूल्याङ्कन अनुसार समितिबाट अर्को व्यवस्था गर्न स्वीकृति नभएसम्म उल्लेखित दाबीहरुमा समेत सोही बोनसदर लागु हुने कम्पनीले जनाएको छ ।