बिहीबार, चैत्र २१,२०८१ 02:51:27
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 02:51:27
IME remit
Global IME Bank Limited

सूर्य ज्योति लाइफको बीमाशुल्क आर्जन ५९.७२% ले बढ्यो,नाफामा पनि ६४.९९% को वृद्धि

Hyundai Nepal
सूर्य ज्योति लाइफको बीमाशुल्क आर्जन ५९.७२% ले बढ्यो,नाफामा पनि ६४.९९% को वृद्धि
Nabil Bank Limited

काठमाण्डौ । सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०र८१ को दोस्रो त्रैमाससम्ममा ४ अर्ब २८ करोड ३५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।  

Shivam Cement
Bizshala
CG Motors

यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ५९.७२ प्रतिशतले बढी हो। गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले २ अर्ब ६८ करोड  १७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

यस्तै समिक्षा अवधिसम्म कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत १ अर्ब ४९ करोड ६४ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्षको दोस्रो त्रैमाससम्ममा यो रकम ७६ करोड ७० लाख रुपैयाँमा सीमित थियो।  

त्यस्तै समीक्षा अवधिमा कम्पनीको दाबी भुक्तानी ११ करोड ८५ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।  

समीक्षा अवधिमा कम्पनीको खुद नाफा वृद्धि भएको छ। दोस्रो त्रैमासको अन्त्यसम्म कम्पनी २३ करोड ६६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिकोभन्दा ६४.९९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले १४ करोड ५२ लाख ३२ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो।  

कम्पनीको कुल खर्च ५ अर्ब ६२ करोड ८३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष कम्पनीको कुल खर्च ३ अर्ब ३० करोड ४५ लाख रुपैयाँ थियो।  

त्यस्तै समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ३० अर्ब ५१ करोड ६९ लाख रुपैयाँ पुगेको छ। जुन अघिल्लो आवको तुलनामा २६.६८ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीको जीवन बीमा कोषको आकार २४ अर्ब ९ करोड रुपैयाँबराबरको थियो ।  

समीक्षा अवधिसम्म कम्पनीले प्रथम बीमाशुल्क मार्फत ९५ करोड ८८ लाख रुपैयाँ आर्जन गरेको छ ।  

कम्पनीको प्रतिसेयर आम्दानी १०.४१ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १६५.१५ रुपैयाँ,पिई अनुपात ५१.५७ गु्णा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ८८५.२३ रुपैयाँ कायम भएको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.