काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २९ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम गत आवको सोहि अवधिको तुलनामा ३३.८९ प्रतिशतले धेरै हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले २२ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिसम्म कम्पनीको खुद बीमाशुल्क आर्जन पनि ३८.६८ प्रतिशतले बढेको छ । तेस्रो त्रैमाससम्म कम्पनीले ६ अर्ब ३७ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले ४ अर्ब ५९ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो ।
कम्पनीको खुद दाबी भुक्तानी पनि वृद्धि भएको छ । अघिल्लो आवसम्म ४ अर्ब ७२ करोड रुपैयाँबराबर खुद दाबी भुक्तानी गरेको कम्पनीले समीक्षा अवधिसम्म भने ७ अर्ब १५ करोड रुपैयाँबराबरको दाबी भुक्तानी गरेको छ । कम्पनीको कर्मचारी खर्च ४६ करोड ११ लाख र अन्य सञ्चालन खर्च २९ करोड ८८ लाख रुपैयाँ रहेको छ ।
कम्पनीले लगानी तथा कर्जाबाट २ अर्ब २८ करोड रुपैयाँ आर्जन गरेको छ । कम्पनीको अन्य प्रत्यक्ष आम्दानी ५ करोड २७ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको रिटेन्ड अर्निङ १ अर्ब ३२ करोडबाट बढेर १ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । कम्पनीकोृ महाविपत्ती कोषको आकार ३४ करोड १७ लाख रुपैयाँबराबरको रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ६.४७ रुपैयाँबाट बढेर ८.६७ रुपैयाँ पुगेको छ ।