काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर बिक्रीमा राखेको छ ।
संस्थापक सेयरधनी एनआईसी एशिया बैंकले सूर्यज्योति लाइफको ३ लाख कित्ता सेयर बिक्रीमा राखेको हो ।
सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र कम्पनीको सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलमा आफुले लिन चाहेको सेयर संख्या र दर उल्लेख गरी आवेदन पेश गर्नुपर्नेछ । गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ। सेयरको न्यूनतम मूल्य २१० रुपैयाँ निर्धारण गरिएको छ ।