सोमबार, असार २,२०८२ 09:02:49
  • सोमबार, असार २,२०८२ 09:02:49
Global IME Bank Limited

सूर्यज्योति लाइफको नाफा १४६% ले बढ्यो, बीमाशुल्क आर्जन र ईपीएस पनि वृद्धि

Hyundai Nepal
सूर्यज्योति लाइफको नाफा १४६% ले बढ्यो, बीमाशुल्क आर्जन र ईपीएस पनि वृद्धि
Nabil Bank Limited

काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफा र बीमाशुल्क आर्जन दुवै बढेको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३९ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १४६.०३ प्रतिशतले धेरै हो । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले १६ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

समीक्षा अवधिसम्म कम्पनीको खुद बीमाशुल्क आर्जन पनि २७.४७ प्रतिशतले बढेको छ । चौथो त्रैमाससम्म कम्पनीले ९ अर्ब १० करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ७ अर्ब १४ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको खुद दाबी भुक्तानी पनि वृद्धि भएको छ । अघिल्लो आवसम्म ७ अर्ब ४९ करोड रुपैयाँबराबर  खुद दाबी भुक्तानी गरेको कम्पनीले समीक्षा अवधिसम्म भने १० अर्ब १ करोड रुपैयाँबराबरको दाबी भुक्तानी गरेको छ । कम्पनीको कुल खर्च ९ अर्ब ५६ करोडबाट बढेर १२ अर्ब २६ करोड रुपैयाँ पुगेको छ ।  

कम्पनीले लगानी तथा कर्जाबाट ३ अर्ब ११ करोड रुपैयाँ आर्जन गरेको छ । कम्पनीको अन्य प्रत्यक्ष आम्दानी ७ करोड ३५ लाख रुपैयाँ रहेको छ ।  

कम्पनीले १ अर्ब ३२ करोड रुपैयाँबाट रिटेन्ड अर्निङ घटाएर ५६ करोड ९५ लाख रुपैयाँमा झारेको छ । कम्पनीको महाविपत्ती कोषको आकार ३४ करोड ६८ लाख रुपैयाँबराबरको रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ३.५५ रुपैयाँबाट बढेर ८.७२ रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १३०.५६ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ८४७.८९ रुपैयाँ र पीई अनुपात ४९.२८ गुणा कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.