काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चितवन र मकवानपुरको शाखा कार्यालय गाभ्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै यस बारे जानकारी दिएको हो ।
कम्पनीले भरतपुर महानगरपालिका–१८ मा रहेको चनौली शाखालाई भरतपुर महानगरपालिका–३ मा रहेको नारायणघाट शाखामा र मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा रहेको मनहरी शाखालाई हटौडा उपमहानगरपालिका–४ मा रहेको हटौडा शाखामा गाभ्न लागेको हो ।
यी शाखाहरु भदौ २ गतेदेखि लागू हुने गरी गाभिन लागेका हुन् ।