सोमबार, असार २,२०८२ 08:56:15
  • सोमबार, असार २,२०८२ 08:56:15
Global IME Bank Limited

सेयरबजारमा सूर्यज्योति लाइफको रु.१.१७ अर्ब लगानी, सबैभन्दा बढी निफ्रामा

Hyundai Nepal
सेयरबजारमा सूर्यज्योति लाइफको रु.१.१७ अर्ब लगानी, सबैभन्दा बढी निफ्रामा
Nabil Bank Limited

काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले सेयर बजारमा लगानी बढाएको छ । कम्पनीले गत आर्थिक वर्षमा सूचीकृत कम्पनीको सेयरमा कुल १ अर्ब १७ करोड ७६ लाख रुपैयाँ लगानी गरेको छ ।  

यो लगानी अघिल्लो आव २०७८/७९ को तुलनामा ४४.५७ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले कुल ८१ करोड ४५ लाख रुपैयाँ सेयरबजारमा लगानी गरेको थियो ।  

गत आवमा कम्पनीले ६३ वटा कम्पनीको सेयरमा लगानी गरेको छ, भने अघिल्लो आवमा कम्पनीले ५१ वटा कम्पनीको सेयरमा लगानी गरेको थियो । गत आवमा कम्पनीले थप १२ वटा कम्पनीको सेयरमा लगानी गरेपछि सेयरबजारमा गरेको लगानी बढ्न पुगेको हो ।  

कम्पनीको गत आवमा सर्वाधिक नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड ९निफ्रा०मा लगानी रहेको छ । कम्पनीले निफ्राको सेयरमा मात्रै २२ करोड ४९ लाख रुपैयाँ लगानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १८१.२३ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले निफ्राको सेयरमा ८ करोड रुपैयाँ मात्रै लगानी गरेको थियो ।  

त्यस्तै, दोस्रोमा फरवार्ड माइक्रोफाइनान्सको सेयरमा १० करोड, ११ लाख रुपैयाँ लगानी रहेको छ । यसका साथै नेपाल रि को संस्थापक सेयरमा ८ करोड ७९ लाख, नागरिक लगानी कोषको संस्थापक सेयरमा ६ करोड ६९ लाख रुपैयाँ र स्वाबलम्बन लघुवित्तको सेयरमा ५ करोड ८८ लाख रुपैयाँ लगानी रहेको छ ।  

आव २०७९/८० मा कम्पनीले १९ वटा वाणिज्य बैंकको सेयरमा कुल ३६ करोड ५५ लाख रुपैयाँ लगानी गरेको छ । वाणिज्य बैंकहरुमा गरेको यो लगानी अघिल्लो आवको तुलनामा १७३.०७ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले वाणिज्य बैंकहरुको सेयरमा १३ करोड ३८ लाख रुपैयाँ मात्रै लगानी गरेको थियो । गत आवमा मात्रै कम्पनीले थप ५ वटा बैंकको सेयरमा लगानी बढाएको छ ।  

त्यस्तै, विकास बैंकहरुमा भने कम्पनीले गत आवमा ४ वटा बैंकको सेयरमा मात्रै लगानी गरेको छ । गरिमा, कामना सेवा, मुक्तिनाथ र शााइन रेसुङ्गाको सेयरमा कम्पनीले कुल ३ करोड ६४ लाख रुपैयाँ लगानी गरेको छ । यो लगानी पनि अघिल्लो आवको तुलनामा ५९.६४ प्रतिशतले बढी हो ।  

यता फाइनान्स कम्पनीहरुको सेयरमा पनि ७७.३१ प्रतिशतले लगानी थपेको छ । अघिल्लो आवमा तीन फाइनान्स कम्पनीको सेयरमा १ करोड ४५ लाख रुपैयाँ लगानी गरेको कम्पनीले गत आवमा ४ वटा फाइनान्सको सेयरमा कुल २ करोड ५८ लाख रुपैयाँ लगानी गरेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीले फाइनान्स समूहअन्तर्गत भने १६ वटा लघुवित्त संस्थाको सेयरमा २५ करोड ८४ लाख रुपैयाँ लगानी गरेको छ । यो लगानी अघिल्लो आवको तुलनामा १०.२८ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले १४ संस्थाको सेयरमा २३ करोड ४३ लाख रुपैयाँ लगानी गरेको थियो ।  

बीमा समूहअन्तर्गतको सेयरमा पनि कम्पनीले ७.८९ प्रतिशतले लगानी थपेको छ । कम्पनीले गत आवमा नेको इन्स्योरेन्स, नेपाल इन्स्योरेन्सको संस्थापक सेयर, नेपाल रि साधारण र संस्थापक सेयरमा कुल १६ करोड ४९ लाख रुपैयाँ लगानी गरेको छ ।  

त्यस्तै, जलविद्युत समूहअन्तर्गत कम्पनीले ५ वटा हाइड्रो कम्पनीको सेयरमा कुल ८५ लाख रुपैयाँ लगानी गरेको छ । यो लगानी ३४.७९ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले तीनवटा हाइड्रोको सेयरमा ६३ लाख रुपैयाँ लगानी गरेको थियो ।

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.