आईतवार, फाल्गुन ११,२०८१ 10:12:28
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 10:12:28
IME remit
Global IME Bank Limited

सन नेपाल लाइफले डाक्यो एजीएम, लाभांश वितरण र हकप्रद निष्कासन मुख्य अजेण्डा

Hyundai Nepal
सन नेपाल लाइफले डाक्यो एजीएम, लाभांश वितरण र हकप्रद निष्कासन मुख्य अजेण्डा
Nabil Bank Limited

काठमाण्डौ। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । वैशाख १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ७ औं वार्षिक साधारण सभा डाकेको हो । बैैठकले आगामी जेठ ९ गते बिहान १० बजे काठमाण्डौको कालिकास्थानमा रहेको अमृतभोग केटरर्समा सभा आयोजना गर्ने निर्णय गरेको छ ।  

उक्त सभामा कम्पनीको सञ्चाल समितिद्वारा प्रस्तावित २३.८० प्रतिशत बोनस सेयर र १.२५२६ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल २५.०५२६ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।  

यसका साथै, बोनस सेयर जारी गर्दा चुक्तापूँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ कायम हुने र नपुगे पूँजी कायम गर्न उक्त चुक्तापूँजीको २७ प्रतिशत अर्थात १ः०.२७ अनु्पातमा हकप्रद जारी गर्ने र बोनस सेयर र हकप्रद निष्कासन पश्चात कायम अधिकृत,जारी तथा चुक्तापूँजी वृद्धि गर्न स्वीकृती प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यसैगरी लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०७९/८० को वासलात ,नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै चालु आव २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ।  

सभामा सहायक कम्पनी सनलाइफ क्यापिटल लिमिटेडको पनि गत आवको वित्तीय विवरणहरु पारित गरिनुका सुाथै सञ्चालक समितिमा सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाच गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले आगामी वैशाख २७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ वैशाख २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् । 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.