इलाममा सन नेपाल लाइफको दोस्रो चरणको वृक्षारोपण कार्यक्रम सम्पन्न
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो देशव्यापी वृक्षारोपण पहललाई निरन्तरता दिदै इलाम नगरपालिकामा दोस्रो चरणको वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।यस अभियानअन्तर्गत आज ५०० आरू र ५०० नासपाती गरी १ हजार फलफूलका बिरुवा रोपेर हरियाली अभियानलाई इलाममा औपचारिक रूपमा अघि बढाइएको हो।

