काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्सले हकप्रद निष्कासन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड ९सेबोन०ले कम्पनीलाई १ः०।२७ अनुपातमा हकप्रद जारी गर्न स्वीकृति दिएको हो ।
कम्पनीले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद निष्कासन गर्न चैत ३ गते अनुमति पाएको हो ।
कम्पनीले अब बुक क्लोजको मिति तोकेर एक करोड भन्दा बढी कित्ता हकप्रद जारी गर्नेछ । हकप्रदपश्चात् कम्पनीको चुक्तापूँजी नेपाल बीमा प्राधिकरणले तोकेबमोजिम ५ अर्ब रुपैयाँ पुग्नेछ ।