आईतवार, फाल्गुन ११,२०८१ 10:43:37
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 10:43:37
IME remit
Global IME Bank Limited

सन-नेपाल लाइफद्वारा आरक्षित आईपीओ बाँडफाँडमा कर्मचारीमाथि यो हदसम्मको शोषण, सञ्चालक समितिको मनपरी

Hyundai Nepal
सन-नेपाल लाइफद्वारा आरक्षित आईपीओ बाँडफाँडमा कर्मचारीमाथि यो हदसम्मको शोषण, सञ्चालक समितिको मनपरी
Nabil Bank Limited

काठमाण्डौ । हालै आईपीओ जारी गरेका केही सूचीकृत कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुले सञ्चालकहरुसँग मिलेर कर्मचारीका लागि छुट्याइएको आरक्षित कोटाको सेयर झ्वाम पारेको रहस्योद्घाटन भएको छ ।  

सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले सञ्चालकहरुसँग मिलेर कर्मचारीका लागि आरक्षित ३ लाख ८४ हजार कित्ता आईपीओ झ्वाम पारेका अनुसन्धानका क्रममा खुलेको हो । हाल यो कम्पनीको दोश्रो बजार सेयरमूल्य प्रतिकित्ता ६५० रुपैयाँ हाराहारीमा छ । यो हिसाबले सीइओ अर्यालले गडबडीपूर्ण तरिकाले हडपेको सेयरको वर्तमान मूल्य करिब २५ करोड बराबरको हुन आउँछ । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

 

सन नेपाल लाइफ इन्स्योरेन्सले २०८० साउन अन्तिमदेखि सर्वसाधारणमा ७६ लाख ८० हजार कित्ता आईपीओ निश्कासन गरेको थियो ।  

जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता सर्वसाधारणमा विक्री गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

सर्वसाधारणतर्फको कुल कित्ता आईपीओमध्ये १० प्रतिशत दरको ९ लाख ६० हजार कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा र ५ प्रतिशत दरको ४ लाख ८० हजार कित्ता सामूहिक लगानीकोषहरूमा बाँडफाँट गरिएको थियो । प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी कुल २३९ रुपैयाँमा कम्पनीले आईपीओ बिक्री गरेको थियो ।  

कम्पनीका कर्मचारीका लागि भने ४ लाख ८० हजार कित्ता आईपीओ प्रतिकित्ता एकसय रुपैयाँमै बिक्री गरिएको बताइएको थियो । कम्पनीका लागि छुट्याइएको यही ४ लाख ८० हजार कित्ता आईपीओमध्ये ८० प्रतिशत सेयर प्रमुख कार्यकारी अधिकृत अर्याल एक्लैले लिएर बाँकी प्रतिशत मात्र कर्मचारीलाई वितरण गरेका धितोपत्र बोर्डको अनुसन्धानबाट खुलेको हो ।  

सीइओ अर्यालले कानूनी छिद्रको फाइदा उठाउँदै कर्मचारीका लागि आरक्षित कोटाको सेयरमध्ये ८० प्रतिशत आफैंले लिएपछि असन्तुष्टहरुले धितोपत्र बोर्डमा उजुरी दिएका थिए । कर्मचारीहरुको उजुरीपछि धितोपत्र बोर्डले सो विषयमा अनुसन्धान गरेको थियो । सो क्रममा कर्मचारीका लागि छुट्याइएकोमध्ये ८० प्रतिशत सेयर अर्यालले लिएको देखिएको अनुसन्धानमा संलग्न बोर्डका एक अधिकारीले जानकारी दिए ।  

धितोपत्र बोर्डले सन नेपाल लाइफको आईपीओ वितरणमा गडबडी देखेपछि सीइओ अर्याल लगायतको संलग्नता किटान गर्दै थप अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)लाई फाइल जिम्मा लगाएको छ ।  

सीआईबीले समेत अर्याल नेतृत्वमा ४ करोड(हाल करिब २५ करोड) हाराहारी मूल्यको साधारण सेयरमा भएको गडबडीको विषयमा अनुसन्धान सुरु गरेको सीआईबीले जनाएको छ ।  

धितोपत्र बोर्डका अनुसन्धान अधिकारीहरुले पछिल्लो समय आईपीओ जारी गरेका कतिपय कम्पनीमा सन नेपालको जस्तै सीइओ र सञ्चालकहरुले आरक्षित सेयर कोटामा गडबडी गरेको हुनसक्ने भन्दै अनुसन्धान सुरु भएको दाबी गरेका छन् ।  

यसैबीच, उजुरीकर्ता कर्मचारीहरुले भने सन नेपाल लाइफको आईपीओमा गडबडी पुष्टि भइसकेको अवस्थामा धितोपत्र बोर्डले फाइल सीआईबीलाई दिनुलाई ‘शंकास्पद’ भनेका छन् । उजुरीकर्तामध्येका एक कर्मचारीले बिजशालासँग भने–‘मुद्दालाई कमजोर पार्न सीइओको फ्रड पुष्टि भइसकेको अवस्थामा र पर्याप्त प्रमाण प्राप्त भइसकेको अवस्थामा आफू पन्छिन सीआईबीमा फाइल बुझाउनु शंकास्पद देखेका छौं । हामी खबरदारी गरिरहन्छौं ।’  

कम्पनीका कर्मचारीहरुले गलत ढंगले सीइओले लिएको सेयर फिर्ता तथा उनको निलम्बन र थप कडा कारबाहीको माग समेत गरेका छन् ।  

सन नेपाल लाइफ इन्स्योरेन्सका सीइओ अर्यालसँग यो प्रकरणको विषयमा प्रतिक्रिया लिन खोज्दा आफू काठमाण्डौबाहिर यात्राको क्रममा रहेको र कुरा गर्न नसक्ने प्रतिक्रिया दिए ।  

यो कम्पनीको सञ्चालक समितिको अध्यक्षको रुपमा हाल अनुज कयाल रहेका छन् । सञ्चालकहरुमा किरण केसी, नारायण रुंगटा, सशांक अग्रवाल, स्नेहा शर्मा तथा स्वतन्त्र सञ्चालकमा नितु कयाल रहेका छन् । 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.