मंगलवार, कार्तिक ३,२०८३ 01:32:31
  • मंगलवार, कार्तिक ३,२०८३ 01:32:31
Global IME Bank Limited

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न

Bizshala
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
New Office

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूको क्षमता अभिवृद्धि, उत्प्रेरणा तथा सम्मानका उद्देश्यले ‘प्रयत्न निरन्तर सम्मान र सबलीकरणको अवसर’ शीर्षकमा एक दिने विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। लुम्बिनी प्रदेशअन्तर्गत राप्ती/भेरी क्षेत्र तथाकर्णाली प्रदेशका अभिकर्ताहरूलाई लक्षित गरी आयोजना गरिएकोकार्यक्रममा करिब १७० भन्दाबढी बीमा सल्लाहकारहरूको सहभागितारहेको थियो।

कार्यक्रमको शुभारम्भ प्रमुख अतिथिहरूद्वारा दियो प्रज्वलन तथा गमलामा पानी हालेर गरिएको थियो। कार्यक्रममा अन्तर्राष्ट्रिय मोटिभेसनल स्पिकर Bijay Jha को प्रशिक्षण सत्रमुख्य आकर्षणका रूपमा रहेको थियो। उनले बिक्री कला, लक्ष्य निर्धारण, आत्मविश्वास विकास तथा बदलिँदो बीमा बजारमा सफल हुन अपनाउनुपर्ने रणनीतिबारे प्रभावकारी प्रशिक्षण दिएका थिए। सहभागीहरूले उक्त प्रशिक्षणलाई निकै प्रेरणादायी रव्यवहारिक भएको प्रतिक्रिया दिएका थिए।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कार्यक्रममा निमित्त प्रमुख कार्यकारी अधिकृत कवि फुयाल, प्रमुख बजार अधिकृत गणेश चौलागाईं लगायत विभिन्न पदाधिकारीहरूको उपस्थिति रहेको थियो। अतिथिका रूपमा कर्णाली प्रदेश प्रमुख गोविन्द ढकालले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कर्णाली प्रदेश उप-प्रमुख धिरेन्द्र शाही, नेपालगञ्ज क्लष्टर हेड कमल शाही, राप्ती/भेरी क्षेत्रीय प्रमुख तथा कार्यक्रम सञ्चालक दिपेन्द्र रावत, साथै विभिन्न शाखा प्रमुखहरूको समेत उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै निमित्त प्रमुख कार्यकारी अधिकृत कवि फुयालले अभिकर्ताहरूलाई कम्पनीको मेरुदण्ड भएको उल्लेख गर्दै उनीहरूको सशक्तिकरण नै कम्पनीको दीर्घकालीन सफलताको आधार भएको बताए। 

त्यसैगरी प्रमुख बजार अधिकृत गणेशचौलागाईंले अभिकर्ताहरूलाई निरन्तर सिकाइ, अनुशासन तथा ग्राहकप्रति जिम्मेवार दृष्टिकोणसहित अघि बढ्न आग्रह गर्दै यस्ता कार्यक्रमहरूले बजार प्रतिस्पर्धामा अग्रता दिलाउने विश्वास व्यक्त गरे।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

कार्यक्रमका क्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूलाई सम्मान गरिएको थियो। विशेषगरी कार्यक्रममा सहभागीमध्ये आफ्ना शाखाअन्तर्गत उत्कृष्ट व्यापार गर्न सफल ७ जना अभिकर्ताहरूलाई उत्कृष्ट अभिकर्ताका रूपमा सम्मान गरिएको थियो। साथै, सहभागीहरूबीच अनुभव आदानप्रदान तथा नेटवर्किङको अवसर समेत सिर्जना गरिएको थियो।

कम्पनीले यस्ता कार्यक्रममार्फत अभिकर्ताहरूको दक्षता अभिवृद्धि गर्दै देशभर बीमा सेवाको पहुँचविस्तार गर्ने लक्ष्य लिएको जनाएको छ। हाल सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका देशभर १४८ शाखा तथा उपशाखाहरू सञ्चालनमा रहेका छन्।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.